२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा जलविद्युतको शेयरमूल्य समायोजन

सगरमाथा जलविद्युतको शेयरमूल्य समायोजन

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५८४ रुपैयाँ २५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूलय समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सोमबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij