काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको हो।
गत आर्थिक वर्षको बैंकले १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij