२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइएमबी एस क्यापिटलले ल्यायो धनतेरस अफर

एनआइएमबी एस क्यापिटलले ल्यायो धनतेरस अफर

1.2K
Shares

काठमाडौं – एनआइएमबी एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर ल्याएको छ। जस अन्तर्गत तीन जना भाग्यशाली विजेताहरू हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन्।

यस योजनामा योग्य हुनका लागि ग्राहकहरूले एनआइएमबीबाट हितग्राही खाता खोली एसआइपी रजिस्ट्रेसन गर्नुपर्नेछ। कात्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ। कात्तिक १३ गते राति ११:५९ बजे सम्म रजिस्ट्रेसन गरेकोहरू मात्र लक्की ड्र मा पर्नु हुनेछ।

यस योजनाका विजेताहरूको घोषणा भने कात्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाइभ गरिनेछ। एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ।

हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij