२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेडिकेटेड र ट्रंकलाइनको महसुल : २ उद्योगले पूरै बुझाए, ६ वटाले पहिलो किस्ता

डेडिकेटेड र ट्रंकलाइनको महसुल : २ उद्योगले पूरै बुझाए, ६ वटाले पहिलो किस्ता

1K
Shares

काठमाडौं – नेपाल विद्युत प्राधिकरणलाई हालसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका २ उद्योगले मात्रै सम्पूर्ण बक्यौता तिरेका छन् । यस्तै आइतबार २ उद्योगले किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता रकम तिरेका छन् ।
४ उद्योगले भने किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् ।
बक्यौताको किस्ता तिरेका उद्योगलाई प्राधिकरणले तत्काल लाइन जडान गरिरहेको छ ।
यस्तै ७ उद्योगले लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् ।

प्राधिकरणले बक्यौता रकम तिरेका उद्योगको लाइन जडान गरिरहेको छ । अहिले प्राधिकरणले ३२ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर ४९ उद्योगलाई डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।लाइन काटिएका अधिकांश उद्योग सिमेन्ट र छडसँग सम्बन्धित छन् ।

कम्पनीहरुलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिइएको थियो । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काट्दा सबै उद्योगको उत्पादन ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij