२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको ४६.४० प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको ४६.४० प्रतिशतले बढ्यो

435
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि देखियको छ ।

असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.६६ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि २१.९२ प्रतिशतले बढेको छ। समिक्षा अबधी सम्ममा बैंकको वितरणयोग्य मुनाफा २० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता २३.९१ रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर १९ रुपैयाँ ९४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५४.२१ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा बढेर ३.९६ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ३.४८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij