काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा फाइनान्सको खुद नाफामा बृद्धि देखियको छ ।
असोज मसान्तसम्ममा फाइनान्सले ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ३ करोड ५० लाख रुपैयाँ खुद घाटामा थियो।
यो अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ४.५८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ६.५५ प्रतिशतले बढेको छ। नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा फाइनान्सको बार्षिकृत ईपिएस बढेर २० रुपैयाँ ९३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ १९४.५७ रुपैयाँ रहेको छ। फाइनान्सको खराब कर्जा बढेर ४.९१ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा फाइनान्सको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij