२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत

1.1K
Shares

काठमाडौं –  स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.को लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। लघुवित्तको असोज १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४५ करोड रहेको छ।

लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij