काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूलाई राहत सामग्री वितरण गरेको छ। हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरूलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको छ।
बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका ३७३ बाढीपहिरो प्रवाहित घर धुरीहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही दैनिक उपभोग्य सामग्रीहरू वितरण गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij