२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त

665
Shares

काठमाडौं- प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश नियुक्त भएका राउतको आइतबार दिउँसो १ बजे राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ हुने बताइएको छ ।

३१ भदौमा संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेका राउतकाे नाम संसदीय सुनुवाइ समितिले १६ असोजमा अनुमोदन गरेको थियो । उनको कार्यकाल साढे एक वर्ष रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij