२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २२.३६ अंकले घट्यो, ४ अर्ब ५ करोडको कारोबार

नेप्से २२.३६ अंकले घट्यो, ४ अर्ब ५ करोडको कारोबार

840
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २२ दशलमव ३६ अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।
आइतबार १२ उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०।७४ प्रतिशत, विकास बैंक समूहको ०।८९ प्रतिशत, फाइनान्स समूहको १।९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १।४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij