२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्योदय वोमी लघुवित्तका सेयरधनीले लाभांश कर आफैं तिर्नुपर्ने

सूर्योदय वोमी लघुवित्तका सेयरधनीले लाभांश कर आफैं तिर्नुपर्ने

1.4K
Shares

काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गरेको बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको छ । लघुवित्तले वितरण गरेको बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नु पर्ने जनाएको हो ।

लघुवित्तको गत साउन ३२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो ।

लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनुपर्नेछ । बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij