काठमाडौं- दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ असोज १२ गते देखि खुला हुने भएको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायतका सरोकारवालाहरुबीचको मंगलबार बैठकले यस्तो निर्णय गरेको हो ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरिएको छ ।
त्यस्तै बैठकले असोज १७ गते घटस्थापनाको दिनदेखी कात्तिक १ गतेसम्म देशभरका लागि सम्पूर्ण सार्वजनिक यातायातको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij