२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी

निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी

470
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी भएको कोषले बताएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे छलफलमा उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएको जानकारी दिनुभयो । उहाँले शुक्रवारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेको बताउन भयो । उहाँले प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरेको जानकारी दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने वक्ताहरुल धारणा राखेको बताउनु भयो । समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने वक्ताहरुले धारणा राखेको घिमिरेले बताउनु भयो ।

उहाँले कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सज्ञका सहभागीहरुले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेको पनि बताउनु भयो । उहाँले छलफलमा कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिट,मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकलेसाना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको उल्लेख गरेको बताउनु भयो । नवप्रवर्तन फाइनान्सिङमा एशियाली देशका उत्कृष्ट अभ्यासहरूका विषयमा छलफल भएको थियो । छलफलमा जापान फाइनान्स कर्पोरेसन (जेएफसी)का वरिष्ठ अर्थशास्त्री योहेई यामागुची, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्र÷स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्वपूर्ण भएको बताउनुभयो । नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको पनि वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको पनि उल्लेख गरेका थिए । सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा एशियाका १६ देशका सुरक्षण निकायहरुको उपस्थिति रहेको छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij