२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिव श्री हाइड्रोपावरको साधारण सभा आब्हान

शिव श्री हाइड्रोपावरको साधारण सभा आब्हान

755
Shares

काठमाडौं- शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गतेका लागि आर्थिक वर्ष ०७९।८० को वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो ।

सभाले आव ०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने भएको छ। आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक टुङ्ग्याउनेछ।

साथै कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij