२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली वीच रिर्सोटमा छूट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली वीच रिर्सोटमा छूट

825
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली वीच रिर्सोटसँग विभिन्न सेवासुविधाहरुमा छूट दिने सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौतापश्चात कम्पनीका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि कम्पनीका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइलर इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्ने छ ।

साथै,कम्पनीले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्ने उद्धेष्यले मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको बताएको छ ।

कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij