२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण

पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण

485
Shares

काठमाडौं – नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ)दीपकराज जोशीले आइतबार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पद बहाली गरेका छन्।

पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले बोर्ड सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्नु पर्नेमा जोड दिए।

‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो। अर्कोतर्फ पर्यटन बोर्ड पिपिपीको मोडल हो। निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ,’ उनले भने, ‘त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडि लैजानु आजको आवश्यकता हो।’ आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताए। साथै समूह कार्यबाट ती सबैकाम गर्न सकिने समेत उनको भनाइ छ। उनले आफू कुनै पूवाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको भदौ २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उनलाई ४ (चार)वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निणर्य गरेको थियो। नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सिइओका रूपमा काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij