२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २५.४६ अंकले घट्यो

नेप्से २५.४६ अंकले घट्यो

525
Shares

काठमाडौं – साताको पहिलो दिन आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ४६ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर भाउ घटेको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथिको शेयर कारोबार भएको छ ।

आइतबार १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.५८ प्रतिशत, विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij