२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

895
Shares

काठमाडौं  – एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुका लागि ६.३५ प्रतिशत लाभांश घोषणा गरिएको हो ।

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित  ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij