काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अकंले घटेर २७२७.३६ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन ११ उपसूचकमा राताम्य लागेको छ । यस दिन बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको ०.५३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहीबार १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्यमा गिरावट देखिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij