२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्धभूमि नेपाल हाइड्रोको ३२ लाख १६ हजार कित्ता शेयरको लकइन खुल्दै

बुद्धभूमि नेपाल हाइड्रोको ३२ लाख १६ हजार कित्ता शेयरको लकइन खुल्दै

770
Shares

काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ३२ लाख १६ हजार कित्ता शेयरको लकइन अवधि आउँदो असोज २१ गतेबाट सकिने भएको छ।

कम्पनीको संस्थापक, स्थानीय र कर्मचारीको शेयरको लइकन सकिने भएको हो। कम्पनीमा संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ता शेयर रहेको छ।

कम्पनीले आइपीओ निष्कासन गरेर २०७८ असोज २२ गते बाँडफाँट गरेको थियो। बाँडफाँटको ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij