२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इञ्जिनियरहरुका लागि स्टाफ कलेज बनाउन पहल गर्छुः सुवासचन्द्र बराल

इञ्जिनियरहरुका लागि स्टाफ कलेज बनाउन पहल गर्छुः सुवासचन्द्र बराल

870
Shares
काठमाडौंः नेपाल इञ्जिनियर्स एसोसियसनको ३४ ओैं केन्द्रीय तथा लुम्बिनी प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल समूहले नेपालगञ्ज र दाङको घोरहीमा इञ्जिनियरहरुसँग अन्र्तक्रिया गरेको छ ।
दुवै ठाउँमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष उम्मेदवार बरालले देशको विकासमा इञ्जिनियरहरुको योगदान बढी भए पनि नीति निर्माणमा भूमिका कम भएकाले हस्तक्षेपकारी प्रतिनिधित्व आवश्यक रहेको बताए ।
उनले आफू निर्वाचित भएमा नीति निर्माण तहमा इञ्जिनियरहरुको भूमिका बलियो बनाउन पहल गर्ने घोषणा गरे । उनले स्वरोजगार हुन चाहनेका लागि समेत क्षमता अभिवृद्धिका कार्यक्रम एसोसिएसनले सञ्चालन गर्ने घोषणा गरे ।
इञ्जिनियरहरुको क्षमता र दक्षता अभिवृद्धिबारे कम सोचिएको भन्दै उनले इञ्जिनियरिङ स्टाफ कलेजको आवश्यकता रहेको र यसका लागि आवाज उठाउने समेत प्रतिबद्धता जनाए ।
पढेर पनि रोजगारी नपाएका कारण इञ्जिनियरहरू विदेश पलायन बढिरहेको भन्दै उनले यसलाई रोक्नका लागि इञ्जिनियरिङ अध्ययन सक्नासाथ राज्यको विकास निर्माणमा संल्गन बनाउन समेत पहल गर्ने बताए ।
घोरहीमा भएको कार्यक्रममा वरिष्ठ इञ्जिनियर पारस खड्का, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका केन्द्रीय अध्यक्ष  लक्ष्मण केसी, लुम्बिनी प्रदेश अध्यक्ष यादवलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij