२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ह्याविट्याट पावरले आईपीओ निष्काशन गर्ने

ह्याविट्याट पावरले आईपीओ निष्काशन गर्ने

1.2K
Shares

काठमाडौं – सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात रु.१००/- अंकित दरको ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।

ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मे.वा. क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आ.व. को चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कम्पनीका अनुसार आयोजनाको प्रति मे.वा. लागत रु १९ करोड मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij