२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच छूट दिने सम्झौता

नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच छूट दिने सम्झौता

720
Shares

काठमाडौं – नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालि बीच छूट दिने सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले एयर टिकट खरिदमा ८ प्रतिशतसम्म छूट सुविधा पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बुद्ध एयर प्रालिका मार्केटिङ सेल्स रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij