२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छः सभापति देउवा

वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छः सभापति देउवा

805
Shares

काठमाडौं – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताउनु भयो । क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रुपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठूलो मद्दत गर्नुभएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहान्छु ।’

उहाँले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलि निकटको व्यक्ति भनेर चिनिने भएपनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij