काठमाडौं – एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ ईभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा यो ईभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको बताएको छ ।
नामीलाई काठमाडौंमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’लाई न्यायोचित गरेको छ । स्टाइल र सफोस्टिकेसनको समीश्रण भएको नामी युनिक मात्र होइन ग्ल्यामरस पनि छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी नामी ई १ देखि ई ३ सम्मका नामी मोडलहरू नेपालमा सार्वजनिक गरेको हो ।

नामी सेतो, निलो, बैजनी, हरियो, र ड्यूल टोनमा निलोंसेतो, हरियो सेतो, बैजनी सेतो छानो गरी सात विभिन्न कलरहरूमा उपलब्ध हुनेछ ,यसैगरी, यसमा दुई इन्टेरियर रंग विकल्पहरू उपलब्ध छन् यसको लक्जरियस इन्टेरियर दुई वटा कलर ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रेमा उपलब्ध छ । कम्पनीका अनुसार नेपालमा नामी ई १ का मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
नामी बक्स एक सव कम्प्याक ईभी हो । यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचरहरु छन् । यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन् ।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट पाउन सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij