काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ । साथै, बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैक समूहको ०.७२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, अन्य समूहको ०.१८ प्रतिशत र अन्य समूहको शेयर मूल्य घटेको छ ।
बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij