२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

1.1K
Shares

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ।

क्यानले सोमबार साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे। लिगका लागि क्यानले चन्द्र सूर्य र ब्याट अंकित लोगो सार्वजनिक गरेको छ ।

लिगको मिति समेत सार्वजनिक गरिएको छ। क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ।

यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij