२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर

माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर

1.1K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेको बैंकले साउन महिनाकै ब्याजदर भदौमा कायम राखेको हो । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी साउनकै ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा पनि सोही ब्याजदर कायम थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij