२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक

सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक

1.3K
Shares

काठमाडौं – सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत, व्यक्तिगततर्फ ६.७५ प्रतिशत र रेमिट्यान्समा ७.७५ प्रतिशत ब्याज तोकेको थियो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५० प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३ प्रतिशतदेखि ५ प्रतिशत र रेमिट्यान्समा ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकको आधारदर ८.२० प्रतिशत रहेको छ । सो आधार दर बैंकले ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij