काठमाडौं – भाद्र ११ देखि काठमाडौंको भृकुटीमण्डमा हुने नाडा अटो शो २०२४ मा ७ वटा बैंक तथा वित्तीय संस्थाले समेत भाग लिने भएका छन् ।
अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आज एक पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।
आयोजकका अनुसार यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij