काठमाडौं– ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, सामुहिक भोजन सेवा कार्यक्रम गरेको छ । मानविय सेवालाई सदैव प्राथमिकतामा राखेको यस संस्थाले २०८१ साउन २९ गते मंगलवारका दिन उक्त आश्रममा उपस्थिति भई सहयोगापेक्षी वेसहारा, अशक्त, अनाथ, बालबालीका तथा महिलाहरुलाई सामुहिक भोजन सेवा कार्यक्रम आयोजना गरेको हो ।
भोजन सेवा कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले संस्थाले आफ्नो व्यवसायिक गतिविधिका माध्यमबाट मानविय सेवाका क्षेत्रमा समेत कार्य गरिरहेको बताए । उनले मानव सेवा आश्रमले मानव सेवामा उदाहरणीय कार्य गरेकोमा प्रशंसा व्यक्त गरे ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल लगायत संस्थाका अधिकृत, कर्मचारीहरू र कृयाशील तीनवटै युनियनका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेकोे थियो ।
सोही अवसरमा मानव सेवा आश्रमकी सह–संयोजक रिया थापाले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सवको उपलक्ष्यमा खुसी बाँड्दै आश्रममा पु¥याएको सहयोग प्रति आभार प्रकट गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij