२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानी बोर्डमा सीईओको आवेदन खुल्ला, के के चाहिन्छ योग्यता ?

लगानी बोर्डमा सीईओको आवेदन खुल्ला, के के चाहिन्छ योग्यता ?

790
Shares

काठमाडौं- लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि आवेदन खुलेको छ। बोर्डले आज एक सूचना निकालेर आवेदन माग गरेको हो।

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि आवेदन मागेको हो ।

शैक्षिक योग्यता र अनुभव मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल हुने पर्नेछ ।

निवेदन दिने अन्तिम मितिसम्ममा ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुने पर्नेछ । विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको र ऐनको दफा १२ को उपदफा (४) बमोजिम तथा अन्य प्रचलित कानूनले अयोग्य नभएको व्यहोरा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि २०८१ को अनुसूची २ बमोजिम स्व-घोषणा गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij