२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसीएफसी फाइनान्सद्धारा आव ०७४/०७५ को लाभांश लिन आग्रह

आईसीएफसी फाइनान्सद्धारा आव ०७४/०७५ को लाभांश लिन आग्रह

535
Shares

काठमाडौं – आईसीएफसी फाइनान्सले सेयरधनीलाई आर्थिक वर्ष २०७४/०७५ को लाभांश लैजान आग्रह गरेको छ । फाइनान्सको २०७५ असोज ९ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेको हो ।

सो समयभित्र सम्पर्क गरी लाभांश नलिएमा कम्पनी ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

सेयरधनीले आज (साउन २७) का मितिले १ महिनाभित्र आफ्नो सेयरधनी प्रमाणपत्रका साथै परिचय खुल्ने परिचयपत्र लिई फाइनान्सको सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

साथै, आव ०७४ ०७५ देखि ०७९ ८० सम्मको नगद लाभांश खातामा रकमान्तरण भई नसकेका सेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न र शेयर भौतिक रुपमा भए यथाशीघ्र अभौतिकीकरण गर्नसमेत भनेको छ ।

यस्तै, हितग्राही (डिम्याट) खातामा अद्यावधिक गराइएको बैंक खाता नम्बर नमिलेमा वा अन्य कारणले पुनः आईपीएस प्रोसेस गर्नुपरेमा प्रतिशेयधनी ५ रुपियाँ शुल्क लाग्ने पनि फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij