काठमाडौं – सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ। बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ६० जना ऋणीहरूको नाम सार्वजनिक गरेको हो।
बैंकले बुधबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले ६० जना ऋणीको नाम सार्वजनिक गरेको छ।
उनीहरूलाई बैंकले पटक– पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिसकेकाे छ । ‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटकपटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij