काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा सहित अधिकांश सूचकमा बृद्धि भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको मुनाफा ३६२.५९ प्रतिशतले बढी हो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ दशमलव ०६ प्रतिशतले बढेको छ । यस अवधिसम्ममा लघुवित्तले ८७ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दान गरेको थियो ।
१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ। यस अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशत र कर्जा ०.४८ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५ दशमलव ८४ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालन मुनाफा ३५२ दशमलव ७४ प्रतिशतले बढेको छ। संस्थाको खराब कर्जा समीक्षा अवधिमा ५ दशमलव ८४ प्रतिशतबाट बढेर ७ दशमलव ६८ प्रतिशतले पुगेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij