२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पे मा पैसा पठाउँदा एक हजार सम्म क्यास ब्याक

आइएमई पे मा पैसा पठाउँदा एक हजार सम्म क्यास ब्याक

465
Shares

काठमाडौं – नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई १ हजारसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्बजनिक गरेको छ । अफर अन्तर्गत विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यथावत रहिरहेको आइएमई गरौँ,करोडपति बनौँ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

सेवाग्राहीहरुको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्बजनिक गर्दै आएको आइएमई पे ले यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्बजनिक गरिएको जनाएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नविकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij