२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

1K
Shares

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारण बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij