२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन

तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन

1.2K
Shares

उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन भएको छ । स्थानीय व्वयवसायी तथा दाता विनायक म्यानेटमेण्टका अध्यक्ष तुलसीराम थापाको अध्यक्षतामा संघ गठन भएको हो ।

नागार्जुन नगरपालीकाका अध्यक्ष मोहन बस्नेतको प्रमुख आतिथ्यतामा गठन भएको संघले निकट भविष्यमा नागार्जुन नगरपालीका भित्र रहेका  सम्पूर्ण व्यवसायीलाई समेट्ने योजना बनाएको छ ।

नेपाल उद्योग वाणिज्य संघको काठमाडौं जिल्लाको सदस्यका रुपमा यो संघ गठन भएको हो । नवगठित संघका वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, उपाध्यक्षहरु शुक्र बहादुर तामाङ र रमेश प्रसाद गौतम, महासचिव पप्पु गोतामे, सचिवहरु मुस्कानराज गौतम र रुपेश रिमाल, कोषाध्यक्षमा अमरावती बलामी मर्हजन तथा सदस्यहरुमा अनुराधा जैसवाल गुरुङ, शिवहरी खड्का, रामकृष्ण बलामी, ईश्वर श्रेष्ठ, आशाजित शाक्य, नारायण तिमिल्सिना, प्रज्वल खत्री, राजिव बस्नेत, सुरेश श्रेष्ठ, ईश्वर राज बलामी, हेमराज बराल, मंगलाल नगरकोटी, सुरेन्द्र बसेल र सदस्य सचिवका रुपमा नारायण प्रसाद तिमिल्सिना मनोनयन भएका छन् ।
नगरपालीकामा हाल व्यवसायीको ३५ अर्ब भन्दा बढी रकम लगानी रहेको र यसको सुरक्षा ग्यारेण्टी सहित व्यवसायीको हक र अधिकारको निम्ती सघं गठन गरिएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij