२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २.१५ अकंले बढ्यो

नेप्से २.१५ अकंले बढ्यो

845
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१५ अकंले बढेर २४८८.०९ बिन्दुमा बन्द भएको हो । यस दिन ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सात समूहका हरियाली आएको छ । आज फाइनान्सको ०.७१ प्रतिशत, हाइड्रोपावर समूहको १.७४ प्रतिशत, जीवन बीमा समूहको ०.०१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७८ , व्यापार समूहको १.४३ प्रतिशतसहित ७ समूहमा हरियाली आएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ८ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ फण्डका इकाईधनीले ७ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij