२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलाराज शर्मा नियुक्त

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलाराज शर्मा नियुक्त

830
Shares

काठमाडौं– एनआईसी एशिया लघवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलाराज शर्मा जोशी नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको २२२ औँ बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी ४ वर्षका लागि सोमबारदेखि लागू हुने वित्तीय संस्थाले जनाएको छ ।

शर्मालाई लघुवित्तका अध्यक्ष प्रकाशराज शर्माले पद तथा गोपनियताको शपथ गराएका छन् । जोशी यसअघि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओ थिए । उनले विगत तीन दशकदेखि लघुवित्त क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर योगदान पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij