२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखी सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

आजदेखी सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

700
Shares

काठमाडौं- आजदेखी सुर्वोदय वोमि लघुवित्त वित्तिय संथा लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरका ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५ कित्ता सेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले साउन ८ गतेसम्म न्यूनतम १० कित्ता सेयरका लागि आवेदन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ्र मर्जर भई बनेको लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड ७ लाख ७२ हजार ५०८.५० रुपैयाँ रहेको र पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुरÞ्याउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुनाले लघुवित्तले एफपिओ निष्काशन गरेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij