२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

1.4K
Shares

काठमाडौँ – ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ। सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको हो।

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३ विद्यार्थी मध्येबाट ३० जनालाई छनोट गरिएको थियो।

प्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णायक मण्डलले गत आषाढ १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सुचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ। स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका डिन प्रा.डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सूचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह सम्मिलित समूहले विद्यार्थीहरूको ज्ञान र क्षमताको मूल्याङ्कन गरेका थिए।

विद्यार्थीहरूलाई नेतृत्व क्षमता, शैक्षिक तीक्ष्णता, सञ्चार कौशल, समूहगत सहकार्य, समय अनुकूल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मूल्याङ्कन गरिएको थियो। हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सिप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शिर्षकलाई छनोटका आधार बनाइएको थियो ।

शीर्ष स्थानमा रहन सफल विद्यार्थीहरू आशिष कार्की, एनजीलिना घिमिरे , प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की हुन्। उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन् । जुन वि.स २०८१ को भाद्र महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij