काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.१८ अकंले बढेर २३१०.५९ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.७५ प्रतिशत, विकास बैंक समूहको ४.९४ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य ओरालो लागेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij