२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल र डीजीएममा जमरकटेल बढुवा

माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल र डीजीएममा जमरकटेल बढुवा

1.3K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र नायब महाप्रबन्धक (डीजीएम) मा बढुवा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले साउन १ गते बाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई डीसीईओ पदमा तथा सुभाष जमरकटेललाई डीजीएम पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेको बैंकले बताएको छ ।

बैंकका अनुसार सन् २०१० देखि आफ्नो बैंकिङ्ग करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् ।

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij