२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने

1.1K
Shares

काठमाडौं – वृद्धवृद्धा भत्ता, पेन्सन लिनका लागि तत्काल राष्ट्रिय परिचयपत्र  अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

असार १० मा राजपत्रमा सूचना प्रकाशित गर्दै पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार पहिलो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो । उक्त स्थानमा परिचयपत्र बनाउन वृद्धवृद्धाको घुइँचो लागेको थियो भने, कतिपय बनाउन जान नपाएर सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने अवस्था सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij