२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि जाल्पा र किसान सामुदायिक लघुवित्तले एकीकृत कारोबार सुरु गर्दै

आजदेखि जाल्पा र किसान सामुदायिक लघुवित्तले एकीकृत कारोबार सुरु गर्दै

470
Shares

काठमाडौं– आजदेखि जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरमा गएका एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
आपसमा गाभिएर एउटै बनेको मातृभूमी लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ढ–८ काठमाण्डौमा रहने छ ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने९मर्जर० कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०।८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यी दुई लघुवित्तको सेयर कारोबार रोक्का असार २७ गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij