काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका हुन्। यसका लागि प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यलाई समावेश गरिदिन प्रधानमन्त्री दाहालले संघीय संसदमा आग्रह गरेका छन्।
दाहालको नेतृत्वमा २०७९ पुस ११ गते सरकार गठन भएको थियो। यो सरकारको मुख्य घटक नेकपा एमाले केही दिनअघि नेपाली कांग्रेससँग नयाँ दलीय समीकरण बनाएर सरकारबाट बाहिरिएको छ। योसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। यद्यपि, उनले विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री दाहालले यसअघि पनि ४ पटक विश्वासको मत लिएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij