काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएकाे सञ्चार तथा सूना प्रविधि मन्त्रालयले जनाएकाे छ । आवेदनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो ।
सूचनाअनुसार आवेदन दिनेहरूमा टेलिकमका तीन जना निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, अनिल कुमार झा र शालिग्राम पराजुली छन् । यसैगरी बिमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, वुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालको पनि आवेदन परेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij