काठमाडौं– आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij