२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

690
Shares

काठमाडौं – सरकारको चालू खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार १० महिनाको अवधिमाचालु खाता झन्डै २ खर्बले बचतमा रहेको देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँले बचतमा छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम थियो ।

त्यसैगरी, गत वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij